हस्तकला प्रवर्द्धन गर्न काठमाडौंमा ‘स्प्रिङ फेयर २०२४’ [तस्वीरहरू]

तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान

Share News

काठमाडौं । नेपाल हस्तकला व्यवसायी संघ, काठमाडौंको आयोजनामा पाँच दिने ‘स्प्रिङ फेयर २०२४’ चलिरहेको छ। काठमाडौं महानगरपालिकाको सहयोगमा नेपाल पर्यटन बोर्डको परिसरमा चलिरहेको हस्तकला मेला सोमवार (आज)सम्म चल्ने छ । 

देशको आर्थिक विकासमा नयाँ र बलियो आयाम थप्नुका साथै गुणस्तरमा समेत स्वस्थ प्रतिस्पर्धा होस् भन्ने उद्देश्यले मेला आयोजना गरिएको हो । 

परम्परागत तथा तथा नवोदित सूर्तीजन्य वस्तु, घर सजावटका सामान, फेल्ट, सेरामिक्स, प्राकृतिक रेसाजन्य वस्तु, नेपाली कागज फेसन डिजाइन आदिका विभिन्न सामानको प्रवर्द्धन गर्न मेला आयोजना गरिएको बताइएको छ । 

हेर्नुस् तस्वीरहरू

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।