सुनको मूल्यले कायम गर्‍यो नयाँ किर्तिमानी

Share News

काठमाडौं । नेपाली बजारमा बिहीवार सुनको मूल्यले नयाँ किर्तिमानी बनाएको छ । आज एकैदिन १ हजार ६ सय रुपैयाँले बढेर हाल सम्मकै उच्च मूल्य कायम भएको हो । यसअघि बैशाख ९ गते हालसम्मकै उच्च अर्थात १ लाख ३९ हजार ३०० रुपैयाँमा करोबार भएको थियो । 

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ४० हजार रुपैयाँमा कारोबार हुँदैछ । अघिल्लो दिन अर्थात बुधवार सुन प्रतितोला १ लाख ३८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ६० रुपैयाँले बढेर १ हजार ८०५ रुपैयाँमा कारोबार हुँदैछ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ७४५ रुपैयाँमा कारोबार भएको थियो । 
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।