काठमाडौं । चालु आर्थिक वर्षको १० महीनामा वैदैशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिनेको संख्या ६ लाख नाघेको छ ।
वैदेशिक रोजगार विभागले बिहीवार (आज) सार्वजनिक गरेको मासिक तथ्यांक अनुसार चालू आर्थिक वर्षको साउनदेखि वैशाख मसान्तसम्म वैदेशिक रोजगारीका लागि ६ लाख ९ हजार ७०५ जनाले श्रम स्वीकृति लिएका छन् ।
गत वर्षको उक्त अवधिमा ६ लाख ५६ हजार ६०६ जना नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका थिए ।
कुन महीनामा कतिले लिए ?
चालू आर्थिक वर्षको साउनमा ५५ हजार ५७५ जनाले श्रम स्वीकृति लिएका छन् । त्यसैगरी, भदौमा ५० हजार ८८४, असोजमा ५६ हजार २३५, कात्तिकमा ४३ हजार ६२२, मंसिरमा ७१ हजार २७६, पुसमा ६५ हजार ८१३ जनाले श्रम स्वीकृति लिएका छन् ।
महीना | संख्या |
साउन | 55575 |
भदौ | 50884 |
असोज | 56235 |
कार्तिक | 43622 |
मंसिर | 68201 |
पुस | 65813 |
माघ | 62147 |
फागुन | 65658 |
चैत | 70933 |
वैशाख | 70637 |
कुल | 609705 |
स्रोत : वैदेशिक रोजगार विभाग ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।