काठमाडौं । युद्ध अपराधको आरोपमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र हमासका नेताहरूविरुद्ध पक्राउ पूर्जी जारी गर्न माग गर्दै अन्तरराष्ट्रिय फौजदारी अदालत (आईसीसी)मा मुद्दा दायर भएको छ ।
मुख्य अभियोजक करिम खानले सीएनएनलाई बताएअनुसार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू, हमासका नेताहरू याह्या सिनवार, इस्माइल हानी र मोहम्मद डिफविरुद्ध पक्राउ पूर्जीको माग गर्दै अदालतमा मुद्दा दायर भएको हो ।
उनीहरूविरुद्ध गत अक्टोबर ७ मा इजरायलमा भएको आक्रमण र त्यसपछि गाजामा भएको युद्धका क्रममा मानवताविरुद्धको अपराधको अभियोग लगाइएको छ । खानले गाजामा इजरायली सेनाले प्यालेस्टाइनी नागरिकमाथि गरिरहेको आक्रमण मानवताविरोधी भएको बताएका छन् ।
त्यस्तै हमासका नेताहरूले हत्या, बलात्कार, यौन दुर्व्यवहार र जबरजस्ती बन्धक बनाएको आरोप लगाइएको छ । एजेन्सी
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।