वैशाख मसान्तमा मेगा म्युचुअल फण्ड १ को न्याभ घट्यो

Share News

काठमाडौं । मेगा म्युचुअल फण्डअन्तर्गत सञ्चालित मेगा म्युचुअल फण्ड १ ले वैशाख मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरणअनुसार फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) चैतको तुलनामा वैशाखमा घटेको छ ।

चैत मसान्तमा फण्डको न्याभ ८ रुपैयाँ ६१ पैसा रहेकोमा वैशाख मसान्तमा घटेर ८ रुपैयाँ ५६ पैसा कायम भएको हो । त्यस्तै, फण्ड वैशाख मसान्तसम्ममा रू. ४ करोड ३९ लाख नोक्सानीमा छ । चैत मसान्तमा फण्ड रू. ३ करोड ७७ लाख नोक्सानीमा थियो ।

यस आधारमा फण्डको नोक्सानी चैतको तुलनामा वैशाखमा बढेको छ । वैशाखमा फण्डको खर्चमा वृद्धि भएकाले र आम्दानी ऋणात्मक रहेकाले नोक्सानी बढेको हो । 

फण्डको कुल खर्च चैत मसान्तमा रू. १ करोड ४७ लाख रहेकोमा वैशाख मसान्तमा बढेर रू. १ करोड ६४ लाख पुगेको छ । त्यस्तै, वैशाख मसान्तमा फण्डको जम्मा आम्दानी रू. २ करोड ७५ लाख ऋणात्मक छ । 

त्यस्तै फण्डले सूचीकृत शेयरको लगानी पनि चैतको तुलनामा वैशाखमा केही घटाएको छ । चैत मसान्तमा फण्डको सूचीकृत शेयरमा लगानी रू. ८७ करोड २६ लाख रहेकोमा वैशाख मसान्तमा रू. ८६ करोड ७६ लाखमा कायम भएको हो । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।