काठमाडौं । पपुवा न्युगिनीको एक दुर्गम गाउँमा शुक्रवार बिहान गएको भीषण पहिरोमा परी १०० जनाभन्दा बढीको मृत्यु भएको आशङ्का गरिएको छ ।
प्रत्यक्षदर्शी स्थानीयलाई उद्धृत गरी अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसन (एबीसी)को समाचारअनुसार एङ्गा प्रान्तको काओकलम गाउँमा स्थानीय समयअनुसार बिहान ३ बजे उक्त घटना भएको हो ।
स्थानीयले एबीसीलाई बताएअनुसार घटनामा ज्यान गुमाउनेको सङ्ख्या १०० भन्दा माथि पुगेको छ । पहिरोमा परी धेरै जनाको मृत्यु भएको तर अहिलेसम्म यकिन सङ्ख्या थाहा हुन नसकेको स्थानीय अधिकारीले बताएका छन् ।
घटनाबारे पोरगेरा वुमन इन बिजनेस एशोसिएशनका अध्यक्ष एलिजाबेथ लारुमाले भने, 'मानिस राति सुतिरहेको समयमा पहिरो गएको थियो । पहिरोमा परेका सबै गाउँ भग्नावशेषमा परिणत भएका छन् । पूरै गाउँ नै पहिरोले पुरिएको छ,' लारुमाले भने, 'मेरो अनुमानमा जमिनमुनि करीब १०० भन्दा बढी मानिस पुरिएका छन् ।' रासस/एजेन्सी
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।