सिद्धार्थ व्यवस्थित लगानी योजनाले सूचीकृत शेयरमा बढायो लगानी

Share News

काठमाडौं । सिद्धार्थ म्युचुअल फण्डअन्तर्गत सञ्चालित सिद्धार्थ व्यवस्थित लगानी योजनाले वैशाख मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ ।

उक्त वित्तीय विवरण अनुसार फण्डले चैतको तुलनामा वैशाखमा सूचीकृत शेयरमा लगानी बढाएको छ । चैत मसान्तमा फण्डले सूचीकृत शेयरमा रू. ५० करोड ६५ लाख लगानी गरेकोमा वैशाख मसान्तमा बढाएर रू. ५४ करोड ५७ लाख पुर्याएको हो । 

फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) भने चैतको तुलनामा वैशाखमा घटेको छ । चैत मसान्तमा फण्डको न्याभ ९ रुपैयाँ ३ पैसा रहेकोमा वैशाख मसान्तमा घटेर ८ रुपैयाँ ९८ पैसामा झरेको हो । 

त्यस्तै फण्ड वैशाख मसान्तसम्ममा रू. १ लाख ९७ हजार नोक्सानीमा छ । चैत मसान्तमा भने फण्ड रू. ३७ लाख ३८ हजार नाफामा थियो । वैशाख मसान्तमा फण्डको आम्दानी घटेकाले नोक्सानीमा गएको हो । चैत मसान्तमा फण्डको जम्मा आम्दानी रू. १ करोड १४ लाख रहेकोमा वैशाख मसान्तमा घटेर रू. ८६ लाख ९६ हजारमा सीमित भएको छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।