काठमाडौं । सरकारले कृषि तथा पशुपन्छी बीमाको प्रिमियममा अनुदानका लागि एक अर्ब ६५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले संघिय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अनुदानका लागि रकम छुट्याएको जानकारी दिए ।
सरकारले कृषि तथा पशुपन्छी बीमामा प्रिमियममा ८० प्रतिशत अनुदान दिदै आएको छ । तर यसका लागि पर्याप्त बजेट नछुट्याउदा बीमा कम्पनीहरुले सरकारबाट भुक्तानी पाउन सकेका छैनन् ।
सरकारले भुक्तानी नदिएको भन्दै गत चैतदेखि बीमा कम्पनीले बीमा कम्पनीले अनुदान सहितको कृषि बीमा रोकेका छन् । सरकारबाट बीमा कम्पनीहरुले २ अर्ब रुपैयाँ भुक्तानी लिन बाँकी रहेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।