विश्वविद्यालयबाट अध्ययन सकेका १ लाख युवालाई रोजगारी सुनिश्चित गर्न रू. ३ अर्ब बजेट

Share News

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८१/८२ मा विश्वविद्यालयबाट अध्ययन सकेका १ लाख युवालाई रोजगारी सुनिश्चित गर्न रू. ३ अर्ब बजेट  विनियोजन गरेको छ ।  मंगलवार आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले राष्ट्र निर्माणमा युवा परिचालन कार्यक्रम शुरू गरिने बताएका छन् । 

१ लाख युवालाई रोजगारी सुनिश्चित गर्न रू. ३ अर्ब रकम विनियोजन गरेको उनले घोषणा गरे । विश्वविद्यालयबाट अध्ययन सम्पन्न गरी कामको खोजीमा रहेका युवालाई सार्वजनिक निकाय र निजीक्षेत्रको सहकार्यमा उद्योग, व्यवसाय, कृषि तथा पशुपक्षी फर्म, होटेल र निर्माण क्षेत्रमा कार्यस्थल तालीम प्रदान गरिने उनले बताए । 

१० औं राष्ट्रिय खेलकुद आयोजनाका लागि ६० करोड रुपैयाँ बजेट ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।