काठमाडौं । नेपाली बजारमा सोमवार सुनको मूल्य तोलाको १ हजार रुपैयाँले घटेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ४१ हजार रुपैयाँमा कारोबार हुँदैछ । अघिल्लो दिन अर्थात आइतवार सुन प्रतितोला १ लाख ४२ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँले घटेर १ हजार ८३५ रुपैयाँमा कारोबार हुँदैछ । अघिल्लो दिन चाँदी तोलाको १ हजार ८५० मूल्यमा कारोबार भएको थियो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।