काठमाडौं । नेपाली बजारमा बुधवार सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ४१ हजार ६०० रुपैयाँमा कारोबार हुँदैछ । अघिल्लो दिन अर्थात मंगलवार सुन प्रतितोला १ लाख ४१ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँले बढेर १ हजार ८२० रुपैयाँमा कारोबार हुँदैछ । अघिल्लो दिन चाँदी तोलाको १ हजार ८१५ रुपैयाँमा कारोबार भएको थियो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।