नेशनल फण्ड म्यानेजमेन्टको ५० प्रतिशत हकप्रद शेयर आउँदै, जेठ ३२ गतेसम्म कायम शेयरधनीहरूले मात्र पाउने

Share News

काठमाडौं । नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले असार १९ गतेदेखि ५० प्रतिशत हकप्रद शेयर विक्री खुला गर्ने भएको छ । कम्पनीले उक्त हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव जेठ २५ गते सम्पन्न विशेष साधारण सभाबाट पारित गरेको हो ।

जेठ ३२ गतेसम्म कायम शेयरधनीहरूले मात्र हकप्रद शेयर खरीद गर्न पाउने निर्णय कम्पनीको सञ्चालक समितिले गरेको छ । कम्पनीले हाल कायम चुक्तापूँजी ५४ करोड रुपैयाँको आधारमा २७ करोड रुपैयाँ बराबरको हकप्रद शेयर विक्री गर्न लागेको हो । प्रतिशेयर ५० रुपैयाँ अंकित मूल्यमा कम्पनीले हकप्रद शेयर विक्री गर्न लागेको हो । सम्बन्धित शेयरधनीहरूले आफ्नो स्वामित्वको हकप्रद शेयर खरीदका लागि साउन २२ गतेसम्म आवेदन पेस गर्न सक्नेछन् ।

हकप्रद शेयर खरीदबापतको रकम कम्पनीको सानिमा बैंक नक्साल, काठमाडौंको शाखामा रहेको खाता नम्बर ९१००१००१००००२४६ मा जम्मा गरी संकल भौचर कम्पनीको कार्यालयमा बुझाउनुपर्नेछ । कम्पनीको कार्यालय कुपण्डोल, ललितपुरमा छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।