जेठ मसान्तमा हिमालयन ८०– २० को नाफासँगै बढ्यो न्याभ

Share News

काठमाडौं । हिमालयन म्युचुअल फण्डअन्तर्गत सञ्चालित हिमालयन ८०–२० ले जेठ मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार वैशाखको तुलनामा जेठमा फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) र नाफा बढेको छ ।

फण्डको न्याभ वैशाख मसान्तमा १० रुपैयाँ ४६ पैसा रहेकोमा जेठ मसान्तमा १० रुपैयाँ ६७ पैसा पुगेको हो । त्यस्तै वैशाख मसान्तसम्ममा फण्डको नाफा रू. ४ करोड ५९ लाख रहेकोमा जेठ मसान्तमा बढेर रू. ६ करोड ७० लाख पुगेको हो । जेठमा फण्डको आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो ।

वैशाख मसान्तमा फण्डको कुल आम्दानी रू. ६ करोड ३४ लाख रहेकोमा जेठ मसान्तमा बढेर रू. ८ करोड ६२ लाख पुगेको छ । 

त्यस्तै फण्डले सूचीकृत शेयरमा लगानी पनि बढाएको छ । वैशाख मसान्तमा सूचीकृत शेयरमा रू. ४९ करोड ८३ लाख लगानी गरेकोमा जेठमा बढाएर रू. ६४ करोड १७ लाख पुर्याएको छ । जेठ मसान्तसम्ममा फण्डको मुद्दति निक्षेपमा रू. १४ करोड ९९ लाख ५० हजार छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।