काठमाडौं । सानिमा ग्रोथ फण्डले जेठ मसान्तसम्म ४ करोड ५० लाख रुपैयाँभन्दा बढी नाफा गरेको छ ।
वैशाख मसान्तसम्म योजनाले २ करोड ८० लाख रुपैयाँभन्दा बढी नाफा गरेको थियो । जेठमा योजनाको जम्मा आम्दानी बढेसँगै नाफा बढेको हो । वैशाख मसान्तसम्म ३ करोड ८५ लाख रुपैयाँ रहेको योजनाको जम्मा आम्दानी जेठ मसान्तसम्म ५ करोड ६७ लाख रुपैयाँभन्दा बढी छ । यससँगै खर्च पनि बढेको छ ।
वैशाख मसान्तसम्म १ करोड ५ लाख रुपैयाँभन्दा बढी खर्च गरेको योजनाले जेठ मसान्तसम्म १ करोड १७ लाख रुपैयाँभन्दा बढी खर्च गरेको छ । २०९० मंसिर १० गते परिपक्व हुने यस योजनाले ४९ करोड १२ लाख रुपैयाँभन्दा बढी धितोपत्रमा लगानी गरेको छ । बैंक मुद्दती निक्षेपमा योजनाले ८ करोड रुपैयाँ लगानी गरेको छ ।
बैंक मुद्दती निक्षेपसहित कम्पनीको धितोपत्रमा भएको लगानीको बजार मूल्य ५८ करोड ६७ लाख रुपैयाँभन्दा बढी छ । वैशाख मसान्तसम्म योजनाको प्रतिइकाई खुद सम्पत्ति मूल्य १० रुपैयाँ ६९ पैसा रहेकोमा जेठ मसान्तसम्म १० रुपैयाँ ९४ पैसा कायम भएको छ ।
योजनाले ६ करोड ७२ लाख ५३ हजार २६० इकाई जारी गरेको थियो । जेठ मसान्तसम्म योजनाको खुद सम्पत्ति भने ७३ करोड ५७ लाख रुपैयाँभन्दा बढी छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।