काठमाडौं । सानिमा लार्ज क्याप फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य वैशाखको तुलनामा जेठमा बढेको छ । वैशाख मसान्तसम्म ९ रुपैयाँ ६२ पैसा रहेको योजनाको प्रतिइकाई खुद सम्पत्ति मूल्य जेठ मसान्तसम्म ९ रुपैयाँ ९६ पैसा कायम भएको छ ।
सात वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजनाले १२ करोड इकाई जारी गरेको थियो । धितोपत्रमा लगानी गर्ने प्रमुख उद्देश्यसहित सञ्चालित यस योजनाले जेठ मसान्तसम्म धितोपत्रमा गरेको लगानी मूल्य धितोपत्र दलाल कमिसनसहित १ अर्ब १३ करोड रुपैयाँभन्दा बढी रहेको छ ।
बैंक मुद्दती निक्षेपमा १२ करोड रुपैयाँ लगानी गरेको योजनाको लगानीको बजार मूल्य बैंक मुद्दती निक्षेपमा भएको लगानीसमेत १ अर्ब ७ करोड रुपैयाँभन्दा बढी छ । जेठमा योजना नाफामा रहेको छ । वैशाख मसान्तसम्म १ करोड ८८ लाख रुपैयाँभन्दा बढी नोक्सानीमा रहेको योजनाले जेठ मसान्तसम्म २ करोड १९ लाख रुपैयाँभन्दा बढी नाफा गरेको हो ।
वैशाख मसान्तसम्म ११ लाख ९० हजारभन्दा बढी ऋणात्मक रहेको योजनाको जम्मा आम्दानी जेठ मसान्तसम्म ४ करोड १४ लाख रुपैयाँभन्दा बढी रहेको छ । जेठ मसान्तसम्म योजनाले १ करोड ९५ लाख रुपैयाँभन्दा बढी खर्च गरेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।