काठमाडौं । सिद्धार्थ म्युचुअल फण्डअन्तर्गत सञ्चालित सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ ले जेठ महीनाको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरणअनुसार फण्डले जेठ मसान्तमा रू. ३ करोड ३ लाख नाफा कमाएको छ । वैशाख मसान्तमा भने फण्ड रू. ३ लाख ४४ हजार नोक्सानीमा थियो । जेठ महीनामा फण्डको आम्दानीमा वृद्धि भएकाले नाफामा सुधार आएको हो ।
वैशाख मसान्तमा फण्डको कुल आम्दानी रू. १ करोड २१ लाख रहेकोमा जेठ मसान्तमा बढेर रू. ४ करोड ४२ लाख पुगेको छ । त्यस्तै फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) पनि वैशाखको तुलनामा जेठमा वृद्धि भएको छ । वैशाख मसान्तमा फण्डको न्याभ १० रुपैयाँ ३१ पैसा रहेकोमा जेठ मसान्तमा बढेर १० रुपैयाँ ६९ पैसा पुगेको छ ।
यस फण्डले सूचीकृत शेयरमा लगानी बढाएको छ । वैशाख मसान्तमा फण्डको सूचीकृत शेयरमा लगानी रू. ६१ करोड ५९ लाख रहेकोमा जेठ मसान्तमा बढाएर रू. ६८ करोड १ लाख पुर्याइएको हो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।