सुनचाँदीको मूल्य घट्यो, तोलाको कति छ बजार भाउ ?

Share News

काठमाडौं । नेपाली बजारमा बुधवार (आज) सुनको मूल्य तोलाको ७०० रुपैयाँले घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ४१ हजार ६०० रुपैयाँमा कारोबार हुँदैछ । अघिल्लो दिन सुन प्रतितोला १ लाख ४२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । 

त्यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला २५ रुपैयाँले घटेर १ हजार ७९० रुपैयाँमा कारोबार हुँदैछ । अघिल्लो दिन चाँदी तोलाको १ हजार ८१५ रुपैयाँमा कारोबार भएको थियो । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।