लक्ष्मी सन्‌राइज बैंकको शाखा स्थानान्तरण

Share News

काठमाडौं । लक्ष्मी सन्‌राइज बैंकले ललितपुरमा आफ्नो शाखा स्थानान्तरण गरेको छ । 

बैंकको काठमाडौं महानगरपालिका वडा नम्बर २२ स्थित न्यूरोडमा रहेको एक शाखालाई ललितपुर महानगरपालिका वडा नम्बर १४ स्थित नखिपोटको विशाल चोकमा स्थानान्तरण गरिएको हो । न्यूरोडमा बैंकमा दुई शाखा थिए ।  

स्थानान्तरण गरिएको साविकको न्युरोड शाखाका ग्राहकले सोही ठाउँमा रहेको अर्को शाखामार्फत सेवा लिन सक्ने कम्पनीले जनाएको छ । 

स्थानान्तरण भएसँगै लक्ष्मी सन्‌राइज बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकमाझ बैंकिङ्ग सेवाको पहुँच अझ सहज बनाउने विश्वास राखेको छ । स्थानान्तरण भएको शाखाले ग्राहक तथा व्यवसायीहरूलाई सबै प्रकारका रिटेल बै‌किङ्ग सेवा प्रदान गर्नेछ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।