एक हजार रुपैयाँले बढ्यो सुनको भाउ

Share News

काठमाडौं । नेपाली बजारमा शुक्रवार (आज) सुनको मूल्य तोलाको १ हजार रुपैयाँले बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ४१ हजार ८०० रुपैयाँमा कारोबार हुँदैछ । अघिल्लो दिन सुन प्रतितोला १ लाख ४० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । 

त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १० रुपैयाँले बढेर १ हजार ७९० रुपैयाँमा कारोबार हुँदैछ । अघिल्लो दिन चाँदी तोलाको १ हजार ७८० रुपैयाँमा कारोबार भएको थियो । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।