युक्रेनलाई आइएमएफले १५ अर्ब ६० करोड अमेरिकी डलर बराबरको ऋण दिने

Share News

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले युक्रेनका लागि १५ अर्ब ६० करोड अमेरिकी डलर बराबरको ऋण कार्यक्रमको चौथो समीक्षा सम्पन्न गरेको छ । समीक्षा पछि आइएमएफ ले युक्रेनलाई २ अर्ब २० करोड अमेरिकी डलर स्वीकृत गरेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । 

आईएमएफले एक विज्ञप्ति जारी गर्दै प्रतिकूल परिस्थितिका बावजुद विस्तारित वित्तीय सहजता कार्यक्रममा युक्रेनको प्रदर्शन बलियो रहेको र परिमाणात्मक लक्ष्यहरू पनि हासिल गरिएको र संरचनात्मक बेन्चमार्कहरू समयमै कार्यान्वयन गरिएको जनाएको छ। 

आईएमएफले सन् २०२४ मा युक्रेनको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धिदर २.५ देखि ३.५ प्रतिशतको हाराहारीमा रहने प्रक्षेपण गरेको थियो । भने गत अप्रिलमा जारी गरिएको वल्र्ड इकोनोमिक आउटलुक रिपोर्टमा ३.२ प्रतिशतको पूर्वानुमान गरेको थियो । 

आईएमएफले युक्रेनमा रूसी सैन्य अपरेसनमा हालैको विकासको कारण उपभोक्ता भावना र व्यापारिक विश्वासमा गिरावट लाई इंगित गरेको । साथै रूसी आक्रमणमा वृद्धि भएको छ जसले त्यहाँको पूर्वाधारमा क्षति पुर्याएको छ। रासस
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।