काठमाडौं । नेपाली बजारमा सुनको भाउ तोलामा २ हजार ४०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार (आज) सुनको भाउ तोलामा १ लाख ४५ हजार रुपैयाँ तोकिएको छ । गत बुधवार सुनको मूल्य १ लाख ४७ हजार ४०० रुपैयाँ तोकिएको थियो ।
आज चाँदीको भाउ पनि घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी प्रतितोला ५५ रुपैयाँ घटेर १ हजार ७५० रुपैयाँ तोकिएको छ । गत बुधवार चाँदी तोलाको १ हजार ६०५ रुपैयाँ कायम छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।