काठमाडौं । पछिल्लो १२ वर्षमा देशभर ९ ओटा जहाज दुर्घटना भएका छन् । २०६९ असोजयता सीता एयर, नेपाल एयरलाइन्स, टर्किस एयरलाइन्स, गोमा एयर, युएयस–बंगला, समिट एयर, तारा एयर, यती एयरलाइन्स र सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परेका हुन् ।
उक्त अवधिमा विमान दुर्घटनामा परी २०५ जनाले ज्यान गुमाएका छन् । तीमध्ये २०७९ माघमा पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाउनेको संख्या धेरै छ । उक्त दुर्घटनामा चालक दलसहित ७२ जनाको निधन भएको थियो ।
यो अवधिमा भएको टर्किस एयरलाइन्सको दुर्घटनाबाहेक अन्य सबैमा यात्रुको ज्यान गएको थियो ।
१२ वर्षमा दुर्घटना भएका जहाज र त्यसमा ज्यान गुमाउने र घाइतेको संख्या
मिति |
कम्पनी |
निधन भएका यात्रुको संख्या |
२०८१ साउन |
सौर्य एयरलाइन्स |
१८ |
२०७९ माघ |
यति एयरलाइन्स |
७२ |
२०७९ जेठ |
तारा एयर |
२२ |
२०७६ वैशाख |
समिट एयर |
३ |
२०७४ फागुन |
युएस–बंगला एयरलाइन्स |
५१ |
२०७४ जेठ |
गोमा एयर |
२ |
२०७१ फागुन |
टर्किस एयरलाइन्स |
१ सामान्य घाइते |
२०७० फागुन |
नेपाल एयरलाइन्स |
१८ |
२०६९ असोज |
सीता एयर |
१९ |
स्रोत : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।