आज फेरि घट्यो सुनको मूल्य, तोलाको कति छ भाउ ?

Share News

काठमाडौं । स्थानीय बजारमा शुक्रवार (आज) सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार प्रतितोला १ लाख ४५ हजार रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ४४ हजार ७०० रुपैयाँ तोकिएको छ । 

आज चाँदीको मूल्य पनि घटेको छ । गत बिहीवार तोलामा १ हजार ७५० मा कारोबार भएको चाँदीको भाउ आज १ हजार ७०० रुपैयाँ निर्धारण भएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।