काठमाडौं । नेपाल राष्ट्र बैंकले संस्थागत शेयर धितो कर्जामा अधिकतम सीमा खारेज गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले शुक्रवार (आज) सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिमा संस्थागत शेयर धितो कर्जामा हाल कायम २० करोडको सीमा खारेज गरिएको हो ।
हाल शेयर कर्जामा व्यक्तिलाई १५ करोडको सीमा तोकिएको छ । व्यक्तिगत लगानीकर्ताको लागि लगाइएको क्याप भने यथावत् छ ।
'धितोपत्र बजारमा बैंक तथा वित्तीय संस्थाबाट हुने प्रत्यक्ष ऋण लगानीलाई क्रमशः कम गर्दै मार्जिन ट्रेडिङको अवधारणालाई प्रोत्साहन गर्ने अभिप्रायसहित नेपाल राष्ट्र बैंकले हालसम्म ३४ धितोपत्र दलाल कम्पनीहरूलाई सहमति प्रदान गरिसकेको छ ।मार्जिन ट्रेडिङ सहज र व्यवस्थित हुन नसकिरहेको परिस्थितिमा पूँजीबजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताहरूका लागि बैंक तथा वित्तीय संस्थाहरूले मार्जिन प्रकृतिको शेयर धितोमा प्रवाह गर्ने कर्जाको विद्यमान अधिकतम रु. २० करोडको सीमा खारेज गरिनेछ,' मौद्रिक नीतिमा उल्लेख छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।