काठमाडौं । हिमालयन ८०–२० असार मसान्तसम्म १० करोड ९२ लाख रूपैयाँभन्दा बढी नाफामा रहेको छ । जेठ मसान्तसम्म ६ करोड ७० लाख रूपैयाँभन्दा नाफामा रहेको योजनाले असारमा नाफा बढाएको हो । जेठ मसान्तसम्म ८ करोड ६२ लाख रूपैयाँभन्दा बढी जम्मा आम्दानी रहेको कम्पनीको असार मसान्तसम्म यो आम्दानी १३ करोड ४ लाख रूपैयाँभन्दा बढी रहेको हो ।
खर्च रकम पनि असारमा बढेको छ । जेठ मसान्तसम्म १ करोड ९२ लाख रूपयाँभन्दा बढी खर्च गरेको योजनाले असार मसान्तसम्म २ करोड ११ लाख रूपैयाँभन्दा बढी खर्च गरेको हो । धितोपत्रमा लगानी गर्ने प्रमुख उदेश्य सहित सञ्चालित यस योजनाले असार मसान्तसम्म धितोपत्रमा गरेको लगानीको परलमूल्य धितोपत्र दलाल कमिसन सहित ८८ करोड १७ लाख रूपैयाँभन्दा बढी रहेको छ ।
असार मसान्तसम्म योजनाले बैंक मुद्दती निक्षेपमा १४ करोड ९९ लाख ५० हजार रूपैयाँ लगानी गरेको छ । मुद्दती निक्षेप सहित योजनाको कुल लगानी मूल्य ९४ करोड ९४ लाख रूपैयाँभन्दा बढी कायम छ । १० वर्षे अवधिका बन्दमुखी प्रकृतिको यस योजनाले १० करोड इकाई जारी गरेको थियो । असारमा योजनाको प्रतिइकाई खुद मूल्य पनि बढेको छ । जेठ मसान्तसम्म १० रूपैयाँ ६७ पैसा रहेको योजनाको प्रति इकाई खुद मूल्य असार मसान्तसम्म १० रूपैयाँ ९ पैसा कायम छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।