काठमाडौं । आरविवि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित आरविवि म्युचुअल फण्ड १ ले असार मसान्तकाु खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्डले जेठ महीनाको तुलनामा असार महीनामा फण्डले सूचीकृत शेयरमा लगानी बढाएको छ ।
जेठ मसान्तमा फण्डले सूचीकृत शेयरमा रू.७८ करोड ९६ लाख लगानी गरेकोमा असार मसान्तमा बढाएर रू. ८४ करोड ३३ लाख पुर्याएको छ ।
त्यस्तै फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य र नाफा पनि जेठ महीनाको तुलनामा असार महीनामा वृद्धि भएको छ । जेठ मसान्तमा फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य ९ रुपैयाँ ९९ पैसा रहेकोमा असार मसान्तमा बढेर १० रुपैयाँ ३८ पैसा पुगको हो ।
त्यस्तै फण्डले जेठ मसान्तसम्ममा रू. ४ करोड ८५ लाख नाफा कमाएकोमा असार मसान्तमा बढेर रू. ९ करोड ६१ लाख पुगेको छ । असार महीनामा फण्डको आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । जेठ मसान्तमा फण्डको जम्मा आम्दानी रू. ६ करोड ८१ लाख रहेकोमा असार मसान्तमा बढेर रू.११ करोड ७५ लाख पुगेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।