सिद्धार्थ इक्वीटी फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्यमा वृद्धि

Share News

काठमाडौं । सिद्धार्थ म्युुचुअल फण्ड अन्तर्गत सञ्चालित सिद्धार्थ इक्वीटी फण्डले असार मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य(न्याभ) जेठ महीनाको तुलनामा असार महीनामा वृद्धि भएको छ । 

जेठ मसान्तमा फण्डको न्याभ ९ रुपैपा ७७ पैसा रहेकोमा असार मसान्तमा बढेर १० रुपैयाँ २९ पैसा पुगेको हो । त्यस्तै यस फण्ड जेठ मसान्तमा रू. ३ करोड ९० लाख घाटामा रहेकोमा असार मसान्तमा रू. ३ करोड ७८ लाख नाफा आर्जन गर्न सफल भएको छ । असार महीनामा फण्डले रू.६ करोड ४३ लाख आम्दानी गर्न सफल भएको नाफामा गएको हो । जेठ मसान्तमा फण्डको जम्मा आम्दानी रू.१ करोड ४७ लाख ऋणात्मक थियो ।

जेठ मसान्तसम्ममा फण्डले सूचीकृत शेयरमा रू. १ अर्ब २८ करोड भन्दा बढी लगानी गरेको छ । यो लगानी जेठ मसान्तमा रू. १ अर्ब २५ करोड थियो । यस आधारमा फण्डले सूचीकृत शेयरमा लगानी जेठको तुलनामा असारमा केही बढाएको छ । फण्डको मुद्धति निक्षेपत्रमा रू. २ करोड रहेको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।