काठमाडौं । आरविवि म्युुचुअल फण्ड अन्तर्गत सञ्चालित आरविवि म्युचुअल फण्ड-२ ले असार मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार असार मसान्तसम्ममा रू. ८ करोड ५७ लाख नाफा कमाएको छ । यो नाफा जेठ मसान्तको तुलनामा ६० प्रतिशत वृद्धि भएको हो । जेठ मसान्तमा फण्डले रू.५ करोड ३४ लाख नाफा कमाएको थियो । असार महीनामा फण्डको आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो ।
फण्डको जम्मा आम्दानी जेठ मसान्तमा रू. ६ करोड ७८ लाख रहेकोमा असार मसान्तमा बढेर रू. १० करोड १५ लाख पुगेको छ । नाफासँगै फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) पनि वृद्धि भएको छ । जेठ मसान्तमा फण्डको न्याभ १० रुपैयाँ ७१ पैसा रहेकोमा असार मसान्तमा बढेर ११ रुपैयाँ ०९ पैसा पुगेको छ ।
त्यस्तै, फण्डले सूचीकृत शेयरमा लगानी पनि बढाएको छ । जेठ मसान्तमा फण्डको सूचीकृत शेयरमा रू. ६१ करोड १५ लाख रहेकोमा असार मसान्तमा बढाएर रू. ६२ करोड ८८ लाख पुर्याएको हो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।