तोलामा १०० रूपैयाँले घट्यो सुनको मूल्य

Share News

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज प्रतितोला १०० रूपैयाले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख ४६ हजार १०० मा कारोबार भएको छापावाला सुन आज १ लाख ४६ हजार कायम भएको छ ।

यस्तै, सोमबार प्रतितोला १ लाख ४५ हजार ४०० मा कारोबार भएको तेजाबी सुनको मूल्य आज १ लाख ४५ हजार ३०० निर्धारण भएको छ । चाँदीको मूल्य तोलामा रु १० ले घटेको छ । सोमबार प्रतितोला १ हजार सात ७५० मा कारोबार भएको चाँदी आजका लागि भने १ हजार ७४० निर्धारण भएको छ ।
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।