असार मसान्तमा नबिल ब्यालेन्सड फण्ड-२ ले कमायो ८ करोड ९९ लाख नाफा

Share News

काठमाडौं । नबिल म्युचुअल फण्डअन्तर्गत सञ्चालित नबिल ब्यालेन्सड फण्ड २ ले असार मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरणअनुसार फण्डले असार मसान्तसम्ममा रू. ८ करोड ९९ लाख नाफा कमाएको छ । यो नाफा जेठ मसान्तको तुलनामा ३६४ प्रतिशत बढी हो । 

जेठ मसान्तमा फण्डले रू. १ करोड ९३ लाख नाफा कमाएको थियो । असारमा फण्डको आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । 

जेठ मसान्तमा फण्डको कुल आम्दानी रू. ३ करोड ८४ लाख रहेकोमा असार मसान्तमा बढेर रू. ११ करोड ८ लाख पुगेको छ । नाफासँगै फण्डको न्याभ (प्रतिइकाई खुद सम्पत्ति मूल्य) पनि बढेको छ । जेठ मसान्तमा फण्डको न्याभ १० रुपैयाँ २१ पैसा रहेकोमा असार मसान्तमा बढेर १० रुपैयाँ ८४ पैसा पुगेको हो । 

असारमा फण्डले सूचीकृत शेयरमा लगानी बढाएको छ । जेठ मसान्तमा फण्डको सूचीकृत शेयरमा रू. ८७ करोड ६० लाख लगानी रहेकोमा असार मसान्तमा बढाएर रू. ९१ करोड ९१ लाख पुर्याइएको हो ।

रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।