एनआईसी एशिया डाइनामिक डेप्ट फण्डको सूचीकृत शेयरमा लगानी रू. २० करोडभन्दा बढी

Share News

काठमाडौं । एनआईसी एशिया बैंक म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनआईसी एशिया डाइनामिक डेप्ट फण्डले असार मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ ।

उक्त वित्तीय विवरणअनुसार फण्डले असार मसान्तसम्ममा सूचीकृत शेयरमा रू. २० करोड ४ लाख लगानी गरेको छ । यो लगानी जेठ मसान्तमा रू. २० करोड ५८ लाख थियो । यस आधारमा फण्डको सूचीकृत शेयरमा लगानी केही घटेको छ । 

फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) भने जेठको तुलनामा असारमा बढेको छ । जेठ मसान्तमा फण्डको न्याभ १० रुपैयाँ ८६ पैसा रहेकोमा असार मसान्तमा बढेर ११ रुपैयाँ ९ पैसा पुगेको छ ।

असार मसान्तसम्ममा फण्डले रू. ६ करोड ७२ लाख नाफा कमाएको छ । जेठ मसान्तमा फण्डले रू. ५ करोड नाफा कमाएको थियो । 

रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।