एनआरएन इन्फ्रास्ट्रक्चरको शेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ नियुक्त

Share News

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले शेयर रजिष्ट्रारको रूपमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङलाई नियुक्त गरेको छ । कम्पनीले साउन २४ गतेदेखि लागू हुनेगरी शेयर रजिष्ट्रार नियुक्त गरेको हो ।

शेयर रजिष्ट्रारमा नियुक्त भएसँगै नेपाल एसबिआई मर्चेण्ट बैंकिङले अब कम्पनीको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, धितोबन्धक, डि–म्याट लगायतका शेयरवालाहरूको लगत अद्यावधिक गरी राख्नेसम्बन्धी सम्पूर्ण कार्य लगायत शेयर रजिष्ट्रारअन्तर्गतका सम्पूर्ण कार्यहरू गर्नेछ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।