जावलाखेल पुर्‍याइयो रातो मच्छिन्द्रनाथको रथ

Share News

काठमाडौं । रातो मच्छिन्द्रनाथको रथ लगनखेलको इटीटोलबाट तानेर बिहीवार जावलाखेल पुर्याइएको छ । ललितपुर महानगरपालिकाको पुल्चोकका स्थानीयसहित चन्द्रागिरि र कीर्तिपुर नगरपालिकाका सातगाउँवासीले रथ तानेर जावलाखेल पुर्याइएका हुन् । 

रथ जावलाखेल पुर्याइएको चार दिनपछि राष्ट्रप्रमुख र कार्यकारी प्रमुखको उपस्थितिमा भोटो देखाउने परम्परा छ । यसअनुसार साउन २० गते भोटो देखाउने गुठी संस्थानले जनाएको छ । 

भोटो जात्रापछि यस वर्षको रथयात्रा समापन हुनेछ । यस वर्षको रथयात्रा वैशाख २९ गते पुल्चोकबाट शुरु भएको थियो। 

रथ तान्दाका दृश्य हेर्नुस् तस्वीरहरूमा

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।