काठमाडौं । शेयर बजारका लगानीकर्ताको लागि लाभांशको सिजन शुरु भएको छ । आर्थिक वर्ष (आव) सकिएसँगै म्युचुअल फण्डहरूले धमाधम लाभांश घोषणा शुरु गरेका छन् ।
हालसम्ममा आठ म्युचुअल फण्डले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना इकाईधनीहरूलाई लाभांश घोषणा गरिसकेका छन्, जसमा एनआईसी एशिया म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनआईसी एशिया सेलेक्ट ३०, एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड, एनआईसी एशिया डाइनामिक डेप्ट फण्ड, एनआईसी एशिया ब्यालेन्सड फण्ड र एनआईसी एशिया ग्रोथ फण्ड छन् । त्यस्तै लक्ष्मी म्युचुअल फण्डअन्तर्गत सञ्चालित लक्ष्मी उन्नती कोष, शुभ लक्ष्मी कोष र लक्ष्मी भ्यालु फण्ड २ ले पनि लाभांश घोषणा गरेका छन् ।
यीमध्ये सबैभन्दा बढी एनआईसी एशिया सेलेक्ट ३० ले १४ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । सबैभन्दा कम लाभांश भने लक्ष्मी भ्यालु फण्ड २ को छ । उक्त फण्डले ४ दशमलव ५ प्रतिशत नगद लाभांश (करसहित) दिने घोषणा गरेको छ ।
कुनको कति ?
स्रोत : सम्बन्धित कम्पनीको प्रकाशित सूचनाबाट ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।