नेशनल फण्ड म्यानेजमेन्टको ५० प्रतिशत हकप्रद खरीद गर्ने आज अन्तिम दिन

Share News

काठमाडौं । असार १९ गतेदेखि विक्रीमा आएको नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडको ५० प्रतिशत हकप्रद शेयर खरीद गर्ने आज अन्तिम दिन रहेको छ ।

कम्पनीको जेठ २५ गते सम्पन्न विशेष साधारण सभाले जेठ ३२ गतेसम्म कायम संस्थापक शेयरधनीहरूका लागि ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो । कम्पनीले हाल कायम चुक्ता पूँजी ५४ करोड रुपैयाँको आधारमा २७ करोड रुपैयाँ बराबरको हकप्रद शेयर विक्री खुला गरेको हो ।

सम्बन्धित शेयरधनीहरूले साउन २२ गते कार्यालय समयभित्र आवश्यक रकम जम्मा गर्नुपर्ने जानकारी कम्पनीले दिएको छ । यो हकप्रद शेयर खरीदका लागि दरखास्त फारम नेशनल फण्ड म्यानेजमेन्टको कार्यालय कुपण्डोल, ललितपुरमा दरखास्त दिनुपर्नेछ । 

शेयर विक्री गर्ने कम्पनीको नाम कित्ता मूल्य रू.
शेयर विक्री गर्ने कम्पनीको नाम  कित्ता  मूल्य रू.
नेपाल इन्फ्रास्ट्रक्चर बैंक  ९,६५,००० १०१
सिटिजन इन्भेष्टमेन्ट ट्रष्ट ५०,००० ८३३
सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था  ५१,८०५ ३९९
सूर्यज्योति लाइफ इन्स्योरेन्स  ९२,३४९ १८५

स्रोत: कम्पनीले जारी गरेको सूचना 
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।