तोलामा १०० रुपैयाँ घट्यो सुनको भाउ, कतिमा भइरहेको छ कारोबार ?

Share News

काठमाडौं । नेपाली बजारमा सुनको भाउ सोमवार (आज) तोलामा १०० रुपैयाँले घटेको छ । 

नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ लाख ४८ हजार ७०० रुपैयाँ कायम भएको छ । हिजो भने सुन तोलाको १ लाख ४८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । 

आज चाँदीको भाउ पनि घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको भाउ तोलाको १ हजार ७१५ रुपैयाँ कायम भएको छ । हिजो भने चाँदी तोलाको १ हजार ७२० रुपैयाँमा कारोबार भएको थियो । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।