सुनको भाउमा कीर्तिमान, एकैदिन तोलामा २१ सय रुपैयाँ बढ्यो

Share News

काठमाडौं । सुनको भाउमा मंगलवार (आज) कीर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ताेलामा २ हजार १०० रुपैयाँ बढेर १ लाख ५० हजार ८०० रुपैयाँ कायम भएको छ । यो हालसम्मकै उच्च हो । 

यसअघि यही साउन २१ गते सुन अहिलेसम्मकै उच्च मूल्यमा कारोबार भएको थियो । उक्त दिन सुन तोलाको १ लाख ५० हजार रुपैयाँमा किनबेच भएको थियो । 

गत सोमवार भने सुनको मूल्य तोलाको १ लाख ४८ हजार ७०० रुपैयाँ तोकिएको थियो ।  

आज चाँदीको भाउ पनि बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार ७४० रुपैयाँ कायम भएको छ । गत सोमवार चाँदी तोलाको १ हजार ७१५ रुपैयाँमा कारोबार भएको थियो । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।