दिवंगत आफन्तको सम्झनामा मनाइँदै गाईजात्रा [तस्वीरहरू]

Share News

काठमाडौं । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आज काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा गाईजात्रा पर्व मनाइँदै छ । 

आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान दिने चलन छ । 

यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । 

काठमाडौं उपत्यकामा गाईजात्राको  रौनक देखिएको छ । 

हेर्नुस् तस्वीरहरू

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।