वीरगञ्ज महानगरमा शिक्षक सरुवा र सामग्री खरीदमा भ्रष्टाचारको आरोप

फाइल तस्वीर

Share News

वीरगञ्ज। वीरगञ्ज महानगरपालिकामा शिक्षक सरुवा, दरबन्दी मिलान र शिक्षण सामग्री खरीदमा चरम भ्रष्टाचार मौलाएको आरोप शिक्षकहरूले लगाएका छन् । नेपाल शिक्षक संघ, वीरगञ्जले शनिवार वीरगञ्जमा पत्रकार सम्मेलन गरी यस्तो बताएको हो । भ्रष्टाचारमा महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख अरबिन्दलाल कर्णको ‘मिलेमतो’ रहेको दाबी शिक्षकहरूले गरेका छन् । 

शिक्षक संघ महानगर समितिका अध्यक्ष प्रदीपकुमार जयसवाल र सचिव सुमुप्रसाद सोनारले जारी गरेको विज्ञप्तिमा कर्णले महानगरको शैक्षिक क्षेत्रलाई भ्रष्टाचारको अखडा बनाएको आरोप लगाइएको छ । पत्रकार सम्मेलनमा सहभागी शिक्षकहरूले ‘शिक्षामा मौलाएको भ्रष्टाचार’मा महानगर प्रमुख राजेशमान सिंह र उनका आफन्तहरूको ‘समर्थन’ रहेको दाबी गरेका छन् । 

वीरगञ्ज महानगरका सूचना अधिकारीसमेत रहेका कर्णसित यसबारे बुझ्न खोज्दा उनका दुवै फोन स्वीच अफ थिए । पत्रकार सम्मेलनमा नेपाल शिक्षक महासंघ पर्साका अध्यक्ष तीर्थराज यादवले महानगरका विद्यालयमा दरबन्दी मिलानको नाममा ३ सयभन्दा बढी शिक्षकसँग लाखौं रुपैयाँ घूस लिएको आरोप लगाए । 

दरबन्दी मिलान समितिमा कर्ण, शिक्षक विनोद मेहता र हरिन्द्र चौरसिया रहेको महानगर शैक्षिक प्रशासन महाशाखाका एक कर्मचारीले जानकारी दिए । शिक्षक सरुवामा महानगरले मनोमानी गरेको शिक्षकहरूको गुनासो छ । 

घूस दिने र आफन्तलाई पायक पर्ने ठाउँमा पठाइएको उनीहरूले बताए । महानगरका ‘एजेन्ट’लाई अनधिकृत रकम बुझाउन अस्वीकार गर्ने शिक्षकलाई अपायक ठाउँमा पठाइएको र दरबन्दी मिलानको नाममा अयोग्य शिक्षकलाई प्राधानाध्यापक बनाइएको आरोप उनीहरूको छ । 

विद्यालयमा पठाइने सामग्री खरिदमा भ्रष्टाचार भएको दाबी अध्यक्ष यादवले गरे । ‘१२ सय पर्ने पंखालाई ३ हजार १ सयको बील बनाएर भुक्तानी गर्न दबाब दिइएको छ । 
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।