काठमाडौं । सिद्धार्थ म्युचुअल फण्डअन्तर्गत सञ्चालित सिद्धार्थ व्यवस्थित लगानी योजनाले साउन मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरणअनुसार यस फण्डले असार मसान्तको तुलनामा साउन मसान्तमा सूचीकृत शेयरमा लगानी बढाएको छ ।
असार मसान्तमा फण्डले सूचीकृत शेयरमा रू. ६७ करोड ९१ लाख लगानी गरेकोमा साउन मसान्तमा बढाएर रू. ८१ करोड ७९ लाख पुर्याएको छ ।
त्यस्तै यस फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) असारको तुलनामा साउनमा वृद्धि भएको छ । असार मसान्तमा फण्डको न्याभ ९ रुपैयाँ ७१ पैसा रहेकोमा साउन मसान्तमा बढेर ११ रुपैयाँ ८२ पैसा पुगेको छ ।
साउन मसान्तसम्ममा फण्डले रू. १८ करोड ६१ लाख नाफा कमाएको छ । यो नाफा असार मसान्तको तुलनामा २९७ प्रतिशत बढी हो । असार मसान्तमा फण्डले रू. ६ करोड २५ लाख नाफा कमाएको थियो ।
साउनमा फण्डको आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । फण्डले असार मसान्तमा कुल रू. ७ करोड ३७ लाख आम्दानी गरेकोमा साउन मसान्तमा बढेर रू. १८ करोड ८० लाख पुगेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।