काठमाडौं । बिहीवार दुई कम्पनीहरूले कुल २० हजार ९६९ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएका छन् । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले १४ हजार कित्ता र ग्लोबल आइएमई लघुवित्तले ६ हजार ९६९ कित्ता संस्थापक शेयर अन्य व्यक्ति तथा संस्थाहरूले खरीद गर्न पाउने गरी विक्रीमा ल्याएका हुन् ।
यसअघि दुवै कम्पनीहरूले यी शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी विक्रीमा ल्याएका थिए । सो अवधिमा विक्री हुन नसकेपछि सर्वसाधारणमा जारी गरिएको हो ।
ग्लोबल आइएमई लघुवित्तको शेयरको मूल्य प्रतिकित्ता ४५० तोकिएको छ भने मितेरी डेमलपमेन्ट बैंकले शेयरको मूल्य उल्लेख गरेको छैन ।
ग्लोबल आइएमई लघुवित्तको उल्लेखित कित्ता शेयर खरीद गर्न इच्छुक लगानीकर्ताहरूले भदौ २० गते कार्यालय समयभित्र कम्पनीको केन्द्रीय कार्यालय विजयपुर, कास्कीमा आवेदन पेश गर्नुपर्नेछ ।
मितेरी डेभलपमेन्ट बैंकको शेयर खरीदका लागि भने आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय कमलादी, काठमाडौं वा शेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेडको कार्यालय कमलादी, काठमाडौंमा आवेदन पेस गर्नुपर्नेछ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।