काठमाडौं । यस वर्ष १४ प्रतिशत प्रतिफल प्रस्ताव गरेको एनआईसी एशिया सेलेक्ट–३० को प्रतिइकाई खुद सम्पत्ति मूल्य असारको तुलनामा साउनमा बढेको छ । असार मसान्तसम्म ११ रुपैयाँ ४६ पैसा रहेको प्रतिइकाई खुद सम्पत्ति मूल्य साउन मसान्तसम्म १३ रुपैयाँ ६८ पैसा कायम भएको हो ।
७ वर्षे अवधिको यस योजनाले पहिलो पटक इकाईधनीहरूलाई करसमेत १४ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो । १२ करोड ५० लाख इकाई जारी गरेको यस योजनाले साउन मसान्तसम्म २८ करोड ३३ लाख रुपैयाँभन्दा बढी नाफा गरेको छ । असार मसान्तसम्म भने योजनाको नाफा ५ करोड ९९ लाख रुपैयाँभन्दा बढी थियो ।
योजनाको जम्मा आम्दानी २८ करोड ६२ लाख रुपैयाँभन्दा बढी छ भने जम्मा खर्च २९ लाख ७३ हजार रुपैयाँ छ । साउन मसान्तसम्म धितोपत्रमा गरेको लगानीको परलमूल्य ९५ करोड ३५ लाख ८३ हजार रुपैयाँ छ । मुद्दति निक्षेपमा यस अवधिसम्म १९ करोड २५ लाख रुपैयाँभन्दा बढी लगानी गरेको योजनाको धितोपत्रमा भएको लगानीको बजार मूल्य पनि १ अर्ब २३ करोड ८२ लाख रुपैयाँभन्दा बढी छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।