आरविवि म्युचुअल फण्ड १ र २ को प्रतिफल घोषणासहित बुक क्लोज मिति तय

Share News

काठमाडौं । आरविवि म्युचुअल फण्डअन्तर्गत सञ्चालित आरविवि म्युचुअल फण्ड– १ र आरविवि म्युचुअल फण्ड– २ को लाभांश घोषणा भएको छ । राष्ट्रिय वाणिज्य बैंकद्वारा प्रवर्द्धन गरिएको र आरविवि मर्चेन्ट बैंकिङ्ग योजना व्यवस्थापक रहेको यी दुई योजनाले आर्थिक वर्ष (आव) २०८०/८१ को मुनाफाबाट लाभांश घोषणा गरेका हुन् ।  

बिहीवार बिहान बसेको योजना व्यवस्थापकको सञ्चालक समितिको बैठकले आव २०८०/८१ को मुनाफा तथा सो अवधिसम्म रहेको सञ्चित कोष समेतबाट इकाईधनीहरूलाई आरविवि म्युचुअल फण्ड १ को ३ दशमलव ८१ र आरविवि म्युचुअल फण्ड २ ले ८ दशमलव ७४ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) वितरण गर्ने निर्णय गरेको हो ।  

उक्त लाभांश वितरण प्रयोजनको लागि दुवै फण्डले भदौ ३१ गते बुक क्लोज गर्ने जानकारी गराएका छन् । यस बुक क्लोजको आधारमा भदौ ३० गतेसम्म कायम इकाईधनीहरूले लाभांश पाउनेछन् ।  
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।