क्वाङ्गचाओ एयरपोर्टको पार्किङमा राखिएको चाइना साउदर्न एयरलाइन्सको विमान - तस्वीर

हाल यो एयरलाइन्सले क्वाङ्गचाओ-काठमाडौं नियमित उडान भर्दै आएको छ । तस्वीर: सुनिल शर्मा/ आर्थिक अभियान

Share News

काठमाडौं ।  चीनको क्वाङ्गचाओ एयरपोर्टमा पार्किङमा गरि राखिएको चाइना साउदर्न एयरलाइन्सको बोईगं विमान । एयरलाइन्सले नेपालका दुई अन्तरराष्ट्रिय विमानस्थल भैरहवा र पोखरामा उडान गर्न चाहेको छ।  एयरलाइन्सका प्रतिनिधिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेसँग भेट गरी ती अन्तरराष्ट्रिय विमानस्थलमा उडान भर्ने विषयमा छलफल समेत गरेका थिए । 

४० ओटाभन्दा बढी मुलुकमा सेवा दिँदै आएको चाइना साउदर्न चीनको एक नम्बर एयरलाइन्स भएकाले नेपालमा समेत आफ्नो सेवा उत्कृष्ट रहेको दाबी गरिएको छ । हाल यो एयरलाइन्सले क्वाङ्गचाओ-काठमाडौं नियमित उडान भर्दै आएको  छ । 
तस्विर : सुनिल शर्मा

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।