साउन महीनामा जीवन बीमा कम्पनीले आर्जन गरे रू. १८ अर्ब ५७ करोड बीमाशुल्क

Share News

काठमाडौं । चालू आर्थिक वर्ष २०८१/८२ को साउन महीनामा जीवन बीमा कम्पनीहरूले साढे १८ अर्ब भन्दा बढी कुल बीमाशुल्क आर्जन गरेका छन् । तीन लघुबिमा कम्पनी सहित १७ जीवन बीमा कम्पनीहरूले कुल १८ अर्ब ५७ करोड ४९ लाख बीमा शुल्क आर्जन गरेका हुन । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार बीमा कम्पनीहरूले उक्त बीमाशुल्क आर्जन गरेका हुन । बीमा प्राधिकरणका अनुसार हाल सक्रिय रहेको कुल जीवन बीमा लेखको सख्या १ करोड ३७ लाख ७ हजार २६५ रहेको छ । 

बीमा कम्पनीहरूमध्ये सबैभन्दा आगडि नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । साउन महीनामा यस कम्पनीले रू. ५ अर्ब ७१ करोड भन्दा बढी बीमाशुल्क आर्जन गरेको हो । कम्पनीले ५१ हजार ९८४ ओटा बीमालेख जारी गरेको छ । 

त्यस्तै दोस्रोमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले रू. २ अर्ब २६ करोड बीमाशुल्क आर्जन गरेको छ । तेस्रोमा लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले रू. २ अर्ब ७ करोड बीमाशुल्क आर्जन गरेको हो ।

त्यस्तै जीबन बीमा कम्पनीहरूमध्ये सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले साउन महीनामा रू. ४४ करोड ८७ लाख बीमाशु्ल्क आर्जन गरेको छ । 

लघु जीवन बीमा कम्पनीहरूमध्ये गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले साउन महीनामा रू. १ करोड ८८ लाख बीमाशुल्क आर्जन गरेको छ । त्यस्तै क्रेट माइक्रो लाइफ इन्स्योरेन्सले रू. १ करोड २९ लाख र लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्सले रू. ५१ लाख ७७ हजार बीमाशु्ल्क आर्जन गरेको हो । 

कम्पनीको नाम साउन महीनाको कुल बीमाशुल्क रू लाखमा
नेपाल लाइफ  57,106.35
नेशनल लाईफ  22,654.40
लाइफ इन्स्योरेन्स कर्पोरशेन नेपाल  20,780.93
हिमालयन लाइफ  19,338.34
सूर्यज्योति लाइफ  11,293.34
एशियन लाइफ  9,273.50
सिटिजन लाइफ  7,641.48
सानीमा लाइफ  6,759.87
प्रभु महालक्ष्मी लाइफ  5,874.83
आइएमई लाइफ 5,427.82
मेट लाइफ  5,055.60
रिलायबल नेपाल  4,997.70
राष्ट्रिय जीवन बीमा कम्पनी 4,688.19
सन नेपाल  4,487.32
गार्डिन माइक्रो लाइफ  188.41
क्रेट माइक्रो लाइफ  129.84
लिवर्टी माइक्रो लाइफ  51.77
कुल बीमाशुल्क 185,749.69

स्रोत : नेपाल बीमा प्राधिकरण

 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।