काठमाडौं । एनआईसी एशिया क्यापिटलको व्यवस्थापनमा सञ्चालित ४ ओटा म्युचुअल फण्डहरूको लाभांश सुरक्षित गर्ने आज (भदौ २७) अन्तिम दिन हो ।
एनआईसी एशिया सेलेक्ट ३०, एनआईसी एशिया फ्लेक्सी क्याप फन्ड, एनआईसी एशिया ग्रोथ फण्ड र एनआईसी एशिया ब्यालेन्स्ड फण्डले लाभांश वितरण प्रयोजनार्थ भोलि बुक क्लोज गर्दैछन् । सोही आधारमा आजसम्म कायम इकाईधनीहरूले मात्रै सम्बन्धित फण्डहरूले वितरण गर्ने लाभांश पाउँछन् ।
एनआईसी एशिया सेलेक्ट ३०ले १४ प्रतिशत, फ्लेक्सी क्याप फण्डले १० दशलमव ५० प्रतिशत, ग्रोथ फण्डले ९ दशलमव ५० प्रतिशत, र ब्यालेन्स्ड फण्डले ९ दशमलव २५ प्रतिशत प्रतिफल (कर सहित) वितरण गर्दैछन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।