एक वर्षमा कुमारी इक्वीटी फण्डले कमायो रू. ९ करोड २९ लाख नाफा

Share News

काठमाडौं । कुमारी सामुहिक लगानी कोष अन्तर्गत सञ्चालित कुमारी इक्वीटी  फण्डले  आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ ।

उक्त वित्तीय विवरण अनुसार फण्डले गत आवमा रू. ९ करोड २९ लाख नाफा कमाएको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ३४ दशमलव ४८ प्रतिशत वृद्धि भएको हो । अघिल्लो वर्ष फण्डले रू. ६ करोड ९१ लाख नाफा कमाएको थियो । गत वर्ष फण्डको आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । अघिल्लो वर्ष फण्डको कुल आम्दानी रू. ८ करोड ८३ लाख रहेकोमा गत वर्ष बढेर रू. ११ करोड १५ लाख पुगेको छ । 
फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य भने अघिल्लो वर्षको तुलनामा गत वर्ष केही घटेको छ । अघिल्लो वर्ष फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य ११ रुपैयाँ ३ पैसा रहेकोमा गत वर्ष १० रुपैयाँ ९६ पैसामा झरेको हो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।