११ कम्पनीले दशैंअघि गर्दैछन् साधारण सभा, ६ ओटाको मात्रै लाभांश प्रस्ताव

Share News

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत ११ कम्पनीले दशैंअघि साधारणसभा आयोजना गर्ने भएका छन् । 

बरुण हाइड्रोपावर, ङादी ग्रुप पावर, माण्डु हाइड्रोपावर, बाराही हाइड्रोपावर, मोलुङ्ग हाइड्रोपावर, नेपाल ल्युब आयल, अप्पर स्याङ्गे, भगवती हाइड्रोपावर, सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, ओरियण्टल होटल्स र एभरेष्ट बैंकले दशैंअघि साधारण सभा आयोजना गर्न लागेका हुन् । यीमध्ये ६ कम्पनीले मात्रै गत आर्थिक वर्ष (आव)को मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव साधारण सभामा लैजान लागेका छन् । 

कुनले कति दिँदैछन् लाभांश ? 

माण्डु हाइड्रोपावरले गत आवको मुनाफाबाट शेयरधनीलाई १२ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि कम्पनीले असोज १४ गते साधारण सभा बोलाएको छ । सभा काठमाडौंको नयाँ बजारस्थित नेपा ब्याक्वेटमा बिहान १० बजे शुरु हुने कम्पनीले जनाएको छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि भदौ ३१ गते बुक क्लोज गरेको छ । यस आधारमा आज (भदौ ३० गते)सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनयोग्य हुनेछन् । 

त्यस्तै नेपाल ल्युब आयल लिमिटेडले असोज १८ गते साधारण सभा बोलाएको छ । कम्पनीले ललितपुरको पुल्चोकस्थित याक प्यालेसमा बिहान ११ः३० बजे सभा शुरु गर्ने जानकारी दिएको छ । सभाले २० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै सभाले एफपीओ निष्कासन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । साधारण सभा प्रयोजनको लागि कम्पनीले असोज ४ देखि १८ गतेसम्म बुक क्लोज गर्ने जानकारी दिएको छ । यस बुक क्लोजको आधारमा असोज २ गतेसम्म कायम शेयरधनीले साधारण सभा सहभागिता जनाउन र लाभांश पाउनयोग्य हुनेछन् । 

त्यसैगरी, भगवती हाइड्रोपावरले असोज १६ गते साधारण सभा बोलाएको छ । सभा काठमाडौंको थापागाउँस्थित अर्पण ब्याक्वेटमा बिहान ११ बजे शुरु गर्ने जानकारी कम्पनीले दिएको छ । सभाले ४ प्रतिशत बोनस शेयर र करसहित १० दशमलव ७३६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साधारण सभा प्रयोजनको लागि कम्पनीले असोज २ गते एक दिन बुक क्लोज गर्दैछ । 

दशैंअघि साधारण सभा गर्ने कम्पनीमध्ये सिईडिबी हाइड्रोपावरले असोज २१ गते सभा बोलाएको छ । सभा काठमाडौंको कालिमाटीस्थित कालिमाटी ब्याक्वेटमा बिहान १० बजे शुरु हुने कम्पनीले जनाएको छ । सभाले ११ प्रतिशत बोनस शेयर (करबाहेक) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै सभाले बोनस शेयर वितरण पश्चात कायम चुक्ता पूँजीको ५४ दशमलव ५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ । यस कम्पनीले साधारण सभा प्रयोजनको लागि असोज ७ गते बुक क्लोज गर्ने भएको छ । यस बुक क्लोजको आधारमा असोज ६ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनयोग्य हुनेछन् । 

ओरियण्टल होटल्स र एभरेष्ट बैंकले भने असोज २० मा साधारण सभा बोलाएका छन् । ओरियण्टल होटल्सको साधारण सभा ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा बिहान ११ बजे शुरु हुने भएको छ । सभाले ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव २६३१६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साधारण सभा प्रयोजनको लागि कम्पनीले असोज ७ देखि २० गतेसम्म बुक क्लोज गर्ने जनाएको छ । असोज ६ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनयोग्य हुनेछन् । 

एभरेष्ट बैंकले आम्रपाली ब्याक्वेट, भाटभटेनीमा बिहान ११ बजे साधारण सभा गर्ने जनाएको छ । सभाले १० प्रतिशत बोनस शेयर र ५ दशमलव ५३ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साधारण सभा प्रयोजनको लागि कम्पनीले असोज ८ गते बुक क्लोज गर्ने जानकारी दिएको छ । यस आधारमा असोज ७ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् । 

यस वर्षको फूलपाती असोज २४ गते परेको छ भने विजयादशमी असोज २६ गते परेको छ ।

कम्पनीहरूको साधारण सभा मिति, प्रस्ताव र बुक क्लोज मिति

कम्पनीको नाम साधारण सभा मिति प्रस्ताव  बुक क्लोज मिति 
बरुण हाइड्रोपावर असोज १३ गते गत आवको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, चालू आवको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण र हकप्रद शेयर निष्कासन गर्ने असोज २ गते 
ङादी ग्रुप पावर  असोज १३ गते गत आर्थिक वर्षको वार्षिक प्रतिेवेदन छलफल गरी पारित गर्ने, चालू आवको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण र हकप्रद शेयर निष्कासन गर्ने भदौ ३१ गते 
माण्डु हाइड्रोपावर असोज १४ गते  १२ प्रतिशत नगद लाभांश (करसहित) वितरणको प्रस्ताव पारित गर्ने  भदौ ३१ गते
बाराही हाइड्रोपावर असोज १८ गते हकप्रद शेयर जारी गर्ने र गत आवको वार्षिक प्रतिेवदन छलफल गरी पारित गर्ने र चालू आवको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने  असोज १० गते
मोलुङ्ग हाइड्रोपावर असोज १८ गते आव २०७९/८० र २०८०/८१ को वािर्षक प्रतिवेदन छलफल गरी पारित गर्ने र चालू आवको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने असोज २ गते
नेपाल ल्युब आयल  असोज १८ गते २० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने र एफपीओ निष्कासन गर्ने असोज ४ देखि १८ गतेसम्म
अप्पर स्याङुगे असोज १८ गते गत आवको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, चालू आवको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने  असोज ४ गते 
भगवती हाइड्रोपावर असोज १६ गते ४ प्रतिशत बोनस शेयर र १० दशमलव ७३६८ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने असोज २ गते 
सिईडिबि हाइड्रोपावर असोज २१ गते  ११ प्रतिशत बोनस शेयर (करबाहेक) र बोनस शेयरपछि कायम पूँजीको ५४ दशमलव ५ प्रतिशत हकप्रद शेयर जारी गर्ने असोज ७ गते
ओरियण्टल होटल्स असोज २० गते  ५ प्रतिशत बोनस शेयर र शूून्य दशमलव २६३१६ प्रतिश नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने  असोज ६ देखि २० गतेसम्म
एभरेष्ट बैंक असोज २० गते  १० प्रतिशत बोनस शेयर र ५ दशमलव ५३ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने असोज ८ गते

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।