प्रभु म्युचुअलका दुई फण्डले गरे प्रतिफल घोषणा

Share News

काठमाडौं । प्रभु क्यापिटलको योजना व्यवस्थापनमा प्रभु म्युचुअल फण्डअन्तर्गत सञ्चालित दुई बन्दमुखी योजनाहरूले इकाईधनीहरूलाई वितरण गर्ने प्रतिफल घोषणा गरेका छन् ।

प्रभु सेलेक्ट फण्डले करसहित १० प्रतिशत र प्रभु स्मार्ट फण्डले करसहित ८ दशमलव ५० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।  

भदौ ३१ गते बसेको योजना व्यवस्थापकको सञ्चालक समितिको बैठकले यी दुई फण्डका इकाईधनीहरूलाई सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।