ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को प्रतिफल वितरण प्रयोजनको लागि बुक क्लोज मिति तय

Share News

काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेडको योजना व्यवस्थापनमा ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ ले प्रतिफल वितरण प्रयोजनार्थ बुकक्लोज मिति तय गरेको छ ।
फण्डले असोज ११ गते, शुक्रवार, एक दिनका लागि बुकक्लोज गर्न लागेको नेप्से मार्फत जनाएको छ  ।

यस आधारमा असोज १० गतेसम्म नेप्सेमा कारोबार भई कायम इकाईधनीहरुले, फण्डले वितरण गर्ने प्रतिफल प्राप्त गर्न सक्नेछन ।  

फण्डले गत आर्थिक वर्षको मुनाफाबाट इकाईधनीहरुलाई करसहित ५ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको थियो ।  फण्डको कोष प्रबर्द्धक ग्लोबल आइएमई बैंक लिमिटेड रहेको छ।
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।